Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन


    सोमबार, चैत्र १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ताटोली गठन गरेको छ । टीकापुर हत्याकाण्डमा थुनामा रहेका रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै संघर्षरत थारु कल्याणकारी सभा लगायतका समितिसँग वार्ता गर्न सरकारले सोमबार टोली गठन गरेको छ ।

    तीन सदस्यीय वार्ताटोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी छन् ।

    थुनामा रहेका रेशम चौधरीको रिहाइको माग गर्दै थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समिति १९ बुँदे माग राखेर आन्दोलनमा छन् । उनीहरुका माग सम्बोधन गर्न वार्ताटोली गठन गरिएको सरकारी पक्षले बताएको छ । वार्ता आजैबाट सुरु हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार