Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोटेश्वरमा प्रचण्ड-नेपालबीच भेटवार्ता जारी


    सोमबार, चैत्र १६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष र नेकपा (एमाले) का नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित एक व्यापारीको घरमा अहिले भेटवार्ता भइरहेको छ।

    प्रचण्ड-नेपाल तत्कालीन नेकपा हुँदा एउटै समूहमा थिए। उनीहरूले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासनसमेत गरेका थिए।

    सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेर पूर्ववत: रूपमा एमाले र माओवादी केन्द्र बनाइदिएपछि अहिले प्रचण्ड र नेपाल फरक-फरक पार्टीमा छन्।

    पार्टी फरक भए पनि प्रधानमन्त्री ओलीविरूद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरूबीच बेलाबेलामा छलफल भइरहेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार