Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेकारकासँग बहस गर्नु दिमाग खराब बनाउनुमात्रै: योगेश भट्टराई


    आइतबार, चैत्र १५ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमाले (खनाल–नेपाल) पक्षका नेता योगेश भट्टराईले वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियरसँग हुने टिप्पणी गरेका छन् । 

    शनिवार राति ट्वीट गर्दै उनले बेकारकासँग त समयको बर्बाद र दिमाग खराब बनाउनुमात्रै भएको बताए । 

    भट्टराईको केही दिन अघिको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार बिहान प्रतिक्रिया दिँदै भट्टराईलाई प्रश्न गरेका थिए । 

    पछिल्ला केही दिनयता भट्टराई एमाले जोगाउनका लागि  अपिल गर्दै आइरहेका छन् । 

    बुधवार उनी एमाले संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार