विराटनगर। प्रदेश–१ को प्रदेशसभा बैठक यहि चैत २३ गते बस्ने भएको छ । आज प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेश–१ को प्रदेशसभा बैठक चैत २३ गते राखिएको जानकारी गराएको हो ।
साविक नेकपाको विवादका कारण प्रदेश–१ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । गत चैत २ गतेदेखि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो । सर्बोच्चको फैसलाले नेकपामा एकिकृत भएका साविक नेकपा एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै पार्टीका रुपमा पुनःस्थापित भएपछि नेकपा एमालेको प्रदेश १ को प्रदेशसभामा एकल बहुमत कायम भयो ।
एमालेकै शेरधन राईको नेतृत्वमा सरकार रहेपनि माधव नेपाल पक्षका एमाले पनि विभिाजित भयो । तर, चैत ११ गते बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले पनि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिने सहमति गरेपछि प्रदेश–१ मा देखिएको विवाद साम्य भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend