Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


    आइतबार, चैत्र १५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आज  भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेट भएको हो । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संघीय संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिए ।

    ‘बिहान ११ बजेदेखि भेट भएको हो । बालुवाटारमा भएको भेटमा मुख्यगरी संसदलाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकबारे छलफल भयो,’ न्यौपानेले भने ।भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

    प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच लामो समययता एक्ला–एक्लै भेट भएको थिएन । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा पनि दुवैबीच विवाद रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार