वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताउनुभएको छ । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गर्नुभएको छ ।
“रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसले नै सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोडेको छ । यही एकताको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै आज हामी सबैको प्राथमिक दायित्व हो”, मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख छ ।
पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गर्नुभएको छ । उहाँले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend