काठमाडौँ। नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो।
नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निक्र्योलमा पुगेका छ। शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।
अधिकांश केन्द्रीय सदस्यहरूले व्यक्तिवाद र अवसरवादसँग लडाइँ लड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन्। तर बैठकमा केन्द्रीय सदस्य डा.विजय पौडेलले भने पार्टीभित्र बसेर केपी ओलीसँग संघर्ष गर्न नसकिने भन्दै राजनीतिक प्रतिवेदन पेस गरे। उनले ओली समूहमै विद्रोह हुन सक्ने सम्भावनासहितको प्रतिवेदनमा नेकपाकै पुरानो सांगठनिक संरचनामा फर्कनुपर्ने धारणासमेत राखेका छन्।
‘हाम्रो समूहले इज्जत नामक नाक जोगाउन राखेका साना, झिना, मसिना सर्त पनि केपी शर्मा ओलीले मान्नुहुन्न। त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिनेछ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउनेछन्,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आम रूपमा सही कम्युनिस्टहरूलाई बढारेर मिल्काइनेछ। (नागरिक दैनिकले लेखेको छ।)
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend