बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन् ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै उनले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका हुन् ।
नेकपा९एमाले०का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले तराईका २२ वटै जिल्लाका सदरमुकाम आधुनिकीरण, हुलाकी सडक निर्माणको तीव्रता, सिँचाइ परियोजनालगायत ठूलाठूला आयोजनाको सोच र कार्यान्वयनले तराई मधेससहित मुलुक निर्माणको दिशातर्फ अघि बढेको उल्लेख गरे ।
पोखरेलले प्रधानमन्त्री ओलीले सङ्घीयता सुदृढ, ठूला आयोजनाको तीव्रतर कार्यान्वयन र विकास निर्माणको तीव्रतामा खेलेको भूमिकाका कारण वर्तमान सरकार लोकप्रिय बन्दै गएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन डराइरहेको जिकिर गरे । माओवादी केन्द्रले समर्थन फिर्ता लिए जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई समर्थन गर्ने उनको दाबी थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend