काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपश्चात अब सबैको ध्यान मनोनित केन्द्रिय सदस्य र पदाधिकारीमा केन्द्रीत भएको छ । रास्वपाको विधानअनुसार पार्टी पदाधिकारी र केन्द्रीय समितिको ठूलो हिस्सामा सभापति रवि लामिछानेले मनोनयन गर्न सक्छन् ।
रास्वपा विधानमा परिमार्जन गरेर केन्द्रीय सदस्य संख्या १५८ पुर्याइएको छ । यसमध्ये ९९ जना महाधिवेशबाट निर्वाचित भएर आएका छन् । ७ जना प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य बन्ने विधानमा व्यवस्था छ । बाँकी ५१ जना सभापतिले मनोनित गर्नेछन् ।
गत संसदीय निर्वाचनहरु विभिन्न पार्टी र समूहहरु रास्वपामा मिसिएका थिए । पार्टीमा समायोजन भएर आएकाहरुलाई समेट्ने हेतु सभापतिले मनोनित गर्नसक्ने संख्या बढाइएको हो ।
समायोजन भएर यसअघि रास्वपाको केन्द्रीय सदस्य बनाइएकाहरु सांसद वा मन्त्री नरहेको अवस्थामा उनीहरुलाई केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने छन् ।
बालेनको समूहबाट सबैभन्दा बढी २६ जनालाई रास्वपाको केन्द्रीय समितिमा समेटिएको थियो । उनीहरुमध्य महाधिवेशनमा चुनाव नलडेका र कुनै लाभको पदमा नरहेकाहरुलाई केन्द्रीय समितिमा लैजाने समझदारी रहेको एक पदाधिकारीले जानकारी दिए । उक्त समझदारीअनुसार बालेन समूहबाट करिब २ दर्जन जनाको सूची पार्टीलाई बुझाइएको छ ।
बालेन समूहबाट बालेनसहित सुनील लम्साल, भुपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वर्देवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद केन्द्रीय सदस्य मनोनित भएका थिए । उनीहरुमध्ये सुनील, गणेश र सस्मित मन्त्री छन् ।
पूर्वाधारमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री गणेश पौडेलले महाधिवेशनको चुनावी प्रतिस्पर्धामा भाग लिएनन् । अपवादकारुपमा उनीहरुलाई सभापतिले उपसभापतिमा मनोनित गर्ने तयारी छ । सस्मित र गणेशले भने केन्द्रीय सदस्य निर्वाचनमा भाग लिएर जितिसकेका छन् ।
यस्तै सागर ढकाल, केपी खनाल र खगेन्द्र सुनार सांसद छन् ।
उनीहरु पनि महाधिवेशनमै चुनाव जितेर केन्द्रीय सदस्यमा निर्वाचित भए । सांसद वा मन्त्री नरहेका रोहन कार्की पनि महाधिवेशनमा चुनाव लडेरै केन्द्रीय सदस्य बन्न सफल भए । बाँकी रहेका सबैलाई केन्द्रीय सदस्यमा मनोनित गर्न नेतृत्वसमक्ष सिफारिस गरिएको छ । उनीहरुबाहेक थप ३ जना जेनजी युवाहरुलाई पनि सूचीमा राखिएको स्रोतले जानकारी दियो ।
रास्वपाले पार्टीको निर्वाचनमा भाग नलिएका केही संस्थापक केन्द्रीय सदस्यलाई पनि मनोनयन गर्ने तयारी गरेको छ । महाधिवेशनमा भाग लिएर हारेकाहरुलाई भने मनोनित गरिने छैन ।
रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको सपथग्रहणपछी आजै केन्द्रीय समिति वैठक बस्ने तयारी छ । उक्त बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनबारे छलफल हुने स्रोतले बतायो ।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend