काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
चितवनमा असार ७ देखि असार १२ सम्म भएको महाधिवेशनबाट रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए। उनले भने चितवनमै आयोगबाट शपथ लिएका थिए।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा पराजित घोषित गरिएका पूजा बास्तोला र ध्रुव थापामगर भने अहिले केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएको छ। आफूभन्दा कम मत ल्याउनेलाई निर्वाचित गराएको भन्दै बास्तोलाले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने घोषणा गरेकी थिइन्। थापामगरले पनि पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका थिए। यता, निर्वाचन आयोगले भने प्राविधिक त्रुटिका कारण नाम छुटेको भन्दै सच्याउने निर्णय गरेको छ।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend