काठमाडौं स् नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी कटौती गरेको छ। निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि बुधबार बिहान १२स्०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाएको हो। त्यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको छ, भने हवाई इन्धन ९आन्तरिकतर्फ० प्रतिलिटर रु ४० र हवाई इन्धन ९अन्तरराष्ट्रियतर्फ० काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ ५० पैसादेखि १९५ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसादेखि २१७ र डिजेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो ।
त्यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९१४।२ किलोग्राम० ग्यास अब २०६० मा पाइनेछ भने आधा भरिएको सिलिन्डर ९७।१ केजी० को १ हजार ३० रुपैयाँ कायम भएको छ । यसअघि पुरा ग्यासको मूल्य रु २१६० र आधा ग्यासको मूल्य रु १ हजार ८० थियो।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend