काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिनुभएको छ ।
महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने सिलसिलामा आज वडा–१५ पुग्नुभएका शाक्यले यस्तो बताउनु भएको हो ।
‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ,’ शाक्यले भन्नुभयो, ‘तर, केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ ।’ उहाँले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्वोधन गर्दै कमलपोखरीलगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुननिर्माणको काममा ढिलाई भएको बताउनुभयो । ‘
कमलपोखरी पुननिर्माणमा स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भन्नुभयो, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन् । अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भैरहेको छ ।’ केही अभियन्ताहरु कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजिनामा माग्न बालुवाटर गएको प्रसङ्ग पनि कोट्याउनुभयो ।
‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजिनामाबिच के सम्बन्ध छ ? अभियन्तालाई प्रश्न गर्न चाहन्छु,’ गए,’ शाक्यले भन्नुभयो, अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने ? यस्तो असान्दर्भिक विषयलाई समेत जोडेर नागरिकलाई भ्रम छर्ने र विकास निर्माणका काममा अवरोध गर्ने प्रयास भैरहेको छ । म भन्न चाहन्छु, यी अवरोधलाई चिर्दै हामी समयमै कमलपोखरी पुननिर्माण सम्पन्न गर्छौ ।’
शाक्यले त्यस्ता कुरालाई महानगरवासीले बोलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘विगार्नलाई थोरै व्यक्ति भए पनि पुग्छ । विकास निर्माणका काममा अवरोध गर्न एक जना व्यक्ति अदालत पुगेर एक पन्नाको उजुरी हाले पनि पुग्छ,’ शाक्यले भन्नुभयो, ‘तर, त्यसले राज्यलाई करोडौ घाटा भैरहेको हुन्छ । त्यसैले तपाईँहरुले त्यस्तो कार्यको विरुद्धमा बोल्नुपर्छ । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’ शाक्यले विभिन्न सामाजिक सञ्जालमा पनि अभियन्ताको फरक–फरक परिभाषा उल्लेख गर्ने गरेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्ने अभियन्ताले विकास निर्माणमा अवरोध गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
‘शब्दकोषमा अभियन्ताको अर्थ इञ्जिनियर हुने रहेछ । विभिन्न सामाजिक सञ्जालमा केहीले अभियन्तालाई इञ्जिनियर केहीले विज्ञ भन्छ्न,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा सजिलो अहिले अभियन्ता बन्न भएको छ । हामीले कमल पोखरी निर्माण गर्दा त्यस्तै अभियन्ताहरुले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर भ्रम फैलाउने काम गरे । हामीले डिजाइन त्यही राखेका छौँ । त्यो डिजाइनमा कतै पनि कंक्रिटको पोखरी उल्लेख छैन । तर केही समय अघि उनीहरु नै नागरिकलाई भ्रम फैलाउने र राजनीतिक स्वार्थ पूरा गर्ने उदेश्यले कमलपोखरी भत्काउन पुगे ।’ शाक्यले हिजो भन्दा हेर्न लायकको कमलपोखरी बनाउन लागेकै भन्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कमलपोखरी बन्ने दाबी गर्नुभयो ।
‘बास्तुशास्त्रमा आधारित पोखरी बनाउनै लागेका हौँ । पुरातत्व विभागले पनि मौलिकता कायम गर्नु भनेर भन्यो । मैले पुरातत्व विभागलाई मौलिकता कायम गर्न के गर्नुपर्छ हामीलाई डिजाइन दिन भने ,’ शाक्यले भन्नुभयो, ‘पुरातत्व त्यो त मलाई पनि थाहा छैन भन्छ । कतिपय अवस्थामा पुरातत्व विभागबाट पनि भ्रम छर्ने काम भैरहेको छ । म त्यस्तो भ्रममा नपर्न आग्रह गर्छु । हामी केहीले विरोध गर्दैमा काम रोक्दैनौँ । केही दिन भित्रै पानी भर्ने योजना बनाइरहेका छौँ । कमलपोखरी समयमै सम्पन्न हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend