Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक छ’: सभामुख अर्याल


    मंगलबार, असार १६ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन्।

    मंगलबार ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताएका हुन् ।

    उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने स्पष्ट पारे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार