काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ ।
यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो ।
कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । ‘हिजोकै बैठकको निरन्तरता हो । कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौं’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।
२३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार, यो समूहले २ जेठ २०७५ अगाडिकै पार्टी संरचना र विधान बमोजिम बैठक बस्नुपर्ने यो पक्षले अडान लिदै आएको छ । तर, ओलीले भने आफूले गरेका कुनै पनि निर्णय फिर्ता नलिने अडान लिएका छन् ।