काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धनगढीमा पत्रकारसँग कुरा गर्दै सुदूरपश्चिममा जनताले अहिलेको प्रदेश सरकार फाल्न चाहेको बताएका छन्।
उनले भने। ‘जनताले प्रदेश सरकारको गति देखेर फाल्न चाहेका छन्,’
प्रदेशको उच्च नेतृत्व धनगढीमा रहेका बेला वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा एमालेमा कुरा सुरू भएको हो।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य झपट बोहराले अहिलेको अवस्थामा कसरी सरकारको समर्थन फिर्ता लिने विषयमा टुंगोमा पुगिन्छ, त्यही अनुसारले अगाडी बढ्ने बताए।
‘सरकारले आफैं राजीनामा दिँदैन होला, अविश्वासको प्रावधान ल्याउने कि? समर्थन फिर्ता लिने भनेर छलफल हुँदैछ,’ उनले भने।
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार फाले एमालेबाट को बन्छ भन्ने चर्चा पनि सुरू भएको छ। वर्तमान राजनीतिक परिस्थितिमा पूर्वमन्त्री रहेका पठानसिंह बोहराको सम्भावना बलियो मानिएको छ।
‘पात्रको रुपमा यही हुने भन्ने निश्चित छैन। म मुख्यमन्त्रीको दौडमा पनि छैन तर पार्टीले दिए ठिक छ, म जिम्मेवारी लिन्छु,’ बोहराले भने।
एमालेले सरकार गठनका लागि कांग्रेस, जसपा वा अरु विकल्पमा पनि छलफल भइहरेको जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend