काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यमबाट सञ्चालन हुनेछ ।
बैठकका लागि आवश्यक जुम आईडी यसअघि नै पठाइसकिएको उल्लेख गर्दै आईडी प्राप्त नगरेका केन्द्रीय सदस्यलाई पनि सहभागी गराउन सम्बन्धित सबैमा विशेष अनुरोध गरिएको छ ।
बैठकमा शहीदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल, पार्टी सदस्यता नवीकरण तथा विस्तारका विषयमा समीक्षा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकबाट समसामयिक राजनीतिक विषय तथा सङ्गठनात्मक कार्यदिशाबारे निर्देशन दिइने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend