काठमाडौँ । सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाडीको सिसा पनि हटाउन भनेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गुरुङले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’
गृहमन्त्रीले चढ्ने गाडीमा कालो सिसा राख्ने प्रचलन थियो । तर, गुरुङ धेरैजसो आफ्नै गाडीमा यात्रा गर्दै आएका छन् । उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाउने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्– ‘उहाँको गाडीको कालो सिसा पनि अब हटाउँछौँ ।’
असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालेको छ । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो ।
कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग सोमबार छलफल गरिरहेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend