काठमाडौँ। राष्ट्रिय सभाका सांसदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्यता दिएर संविधान, कानुनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्।
सोमवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनको समेत उलंघन गर्दै रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाए। सांसद केसीले विद्यार्थी युनियनहरू खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा मुनिका ३५ हजारभन्दा बढी युवालाई आफनो पार्टीको सदस्य बनाएर हिँडाउने,’ उनले भने, ‘के यो विरोधाभाष भएन ररु त्यसैले यसमा पनि ध्यानाकर्षण होस् भनेर भन्न चाहन्छु।’
उनले सुकुम्वासीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। ‘सुकुम्वासीलाई लखेटियो, धपाइयो। सुख दिन्छु भनियो तर अहिले सेल्टरमा बसेको सुकुम्वासीको बिचल्ली देख्दा हृदयविदारक हुन्छ। त्यतातिर सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद केसीले भने।
त्यस्तै, सांसद तिमिल्सिना संविधान र कानुन विपरित बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाए। उनले नेपालको संविधान, कानुनले समेत निषेध गरेको विषयमा रास्वपालाई छूट हुन नहुने उनको भनाइ थियो।
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend