काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पुनर्गठनसम्बन्धी बहसलाई व्यापक बनाउन भन्दै पार्टीसँग आबद्ध युवाहरूले डिजिटल माध्यमबाट मत संकलन अभियान सुरु गरेका छन्।
अभियानमा संलग्न युवाहरूका अनुसार पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सुझाव संकलनका क्रममा सीमित तहका नेताहरूलाई मात्र समेटेकाले सदस्य तथा आम नागरिकको धारणा पनि समावेश गर्ने उद्देश्यले छुट्टै डिजिटल सर्वेक्षण सञ्चालन गरिएको हो।
अभियानको नेतृत्व गरिरहेका गजेन्द्र थपलिया ले पार्टीको भविष्य र संगठनात्मक सुधार नेतृत्व तहको मात्र नभई सदस्यहरूको पनि साझा सरोकारको विषय भएकाले सर्वेक्षणमा पार्टी सदस्यसँगै इच्छुक स्वतन्त्र नागरिकले समेत आफ्नो धारणा व्यक्त गर्न सक्ने बताएका छन्।
यसअघि पार्टीको पुनर्गठन कार्यदलले केन्द्रीय सदस्य, प्रदेश तहका पदाधिकारी, जिल्ला पदाधिकारी तथा जनसंगठनका पदाधिकारीबाट सुझाव संकलन गरेको थियो। उक्त प्रक्रिया पर्याप्त समावेशी नभएको निष्कर्षसहित सुरु गरिएको डिजिटल सर्वेक्षणमा १८ वटा प्रश्न समावेश गरिएको जनाइएको छ।
प्रश्नावलीमा संगठन पुनर्गठनका विभिन्न पक्ष समेटिएका छन्। नेतृत्व कुन तहका कमिटीबाट चयन हुनुपर्ने, समयअघि नै महाधिवेशन आवश्यक छ वा छैन लगायत विषयमा सहभागीको धारणा मागिएको अभियानकर्ताहरूले बताएका छन्।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend