काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।
पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले फेसबुकमा लेख्दै भनेका छन्, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै’ व्यङ्ग्य गरेका छन्।
उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, “भयंकर खतरा देखाएर नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको भुत्ते हतियार हो।”
उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend