काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ रास्वपाले १८ वर्षमुनिकालाई पार्टी सदस्य बनाएको विषयमा संसदमा प्रश्न उठाएको छ।
आजको प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाले १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जनालाई पार्टी सदस्य बनाएको पाइएको बताएकी हुन्।
‘एउटा तथ्यांकले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ, रास्वपा सदस्यता लिनेको सूची हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार ३ सय ५७ जना सदस्य हुनुहुँदो रहेछ, औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालको कांग्रेसको ध्यानाकर्षण भएको छ,’ उनले भनिन्।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन।
‘यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरिएको छ, के रास्वपालाई यो व्यवस्था लागू नहुने हो ?,’ उनले प्रश्न गरिन्, ‘कि रास्वपा संविधानभन्दा माथि छ ?’
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend