Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एकैदिन तोलामा ४७ सय रूपैयाँले बढ्यो सुनको भाउ 


    आइतबार, असार १४ २०८३
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ।

    शुक्रबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार सात सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

    शुक्रबार सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार एक सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार