Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विपिनलाई समर्थन गर्दै महामन्त्रीबाट रञ्जु दर्शनाको उम्मेदवारी फिर्ता


    शुक्रबार, असार १२ २०८३
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)केन्द्रीय सदस्य रञ्जु दर्शनाले महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएकी छन्।

    शुक्रबार चितवनमा पत्रकार सम्मेलन गरेर दर्शनाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्। अर्का उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्दै उनले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी हुन्।

    मतदानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नाम फिर्ता लिएको र आफूले आचार्यलाई मत दिने बताइन।

    उनले पनि समर्थन गरेपछि उम्मेदवार रहेका ६ जनाको समर्थन आचार्यले पाएका छन्। अब महामन्त्रीमा चार जनाको उम्मेदवारी कायम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार