चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया जारी रहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) काठमाडौँ फर्किएका छन्।
भरतपुरमा जारी महाधिवेशनका क्रममा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। लामिछानेको उम्मेदवारीमा शाह प्रस्तावक रहेका थिए। सभापति चयन प्रक्रिया सम्पन्न भए पनि अन्य पद तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया भने जारी छ।
महाधिवेशनस्थलमा केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदानको तयारी भइरहेका बेला शाह भरतपुरबाट काठमाडौँ फर्किएका हुन्। निर्वाचन कार्यक्रमअनुसार ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मतदान मेसिन प्रयोग गरिने व्यवस्था गरिएको छ।
शाह पहिलो चरणको मतदानमा सहभागी नभई काठमाडौं फर्किएका छन्। उनी श्रीमती, छोरी तथा सल्लाहकार कुमार बेनसहित चितवनबाट प्रस्थान गरेका हुन्। भरतपुर विमानस्थलमा रहँदा उनले भीआईपी कक्ष प्रयोग नगरेको जनाइएको छ।
शाह आइतबारदेखि परिवारसहित चितवनमा रहेका थिए। उनीहरू भरतपुरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। काठमाडौँ फर्किनुअघि शाहले सामाजिक सञ्जालमार्फत पारिवारिक तस्बिर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत सभापति चयन प्रक्रिया सम्पन्न भइसकेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend