चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया जारी रहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) काठमाडौँ फर्किएका छन्।
भरतपुरमा जारी महाधिवेशनका क्रममा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। लामिछानेको उम्मेदवारीमा शाह प्रस्तावक रहेका थिए। सभापति चयन प्रक्रिया सम्पन्न भए पनि अन्य पद तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया भने जारी छ।
महाधिवेशनस्थलमा केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदानको तयारी भइरहेका बेला शाह भरतपुरबाट काठमाडौँ फर्किएका हुन्। निर्वाचन कार्यक्रमअनुसार ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मतदान मेसिन प्रयोग गरिने व्यवस्था गरिएको छ।
शाह पहिलो चरणको मतदानमा सहभागी नभई काठमाडौं फर्किएका छन्। उनी श्रीमती, छोरी तथा सल्लाहकार कुमार बेनसहित चितवनबाट प्रस्थान गरेका हुन्। भरतपुर विमानस्थलमा रहँदा उनले भीआईपी कक्ष प्रयोग नगरेको जनाइएको छ।
शाह आइतबारदेखि परिवारसहित चितवनमा रहेका थिए। उनीहरू भरतपुरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। काठमाडौँ फर्किनुअघि शाहले सामाजिक सञ्जालमार्फत पारिवारिक तस्बिर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत सभापति चयन प्रक्रिया सम्पन्न भइसकेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend