काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः नयाँ कार्यतालिका ल्याएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ ।
कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरेको हो । त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने काँग्रेसले जनाएको छ ।
काँग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुङ्ग्याउने भएको छ । कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने छ ।
विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत काँग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ । पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्याङ्कलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको जनाएको छ ।
पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई १५औँ महाधिवेशनको तयारीका रूपमा हेरिएको छ । काँग्रेसले निर्धारित प्रक्रियाअनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन जोड दिएको छ ।

काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend