Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज ३ हजार ६ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, असार १० २०८३
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज (मंगलबार) सुनचाँदीकै भाउ आज थप घटेको छ। मंगलबार घटेको दुवै घातुको भाउ आज थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको भाउ आज तोलामा ३ हजार ६ सय घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। हिजो १ हजार ६ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८७ हजार १ सय कायम भएको थियो।

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलामा १०५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ४ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    हिजो तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार