Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रविले दिए रास्वपाको सभापतिमा उम्मेदवारी, प्रस्तावकमा बालेन


    मंगलबार, असार ९ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका छन्।

    चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण सुरु भएको छ।

    रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन। बाँकी ९९ जना भने केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेछ।

    पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ।

    मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार