काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिहरूका लागि तोकिएको पाँच हजार रुपैयाँ शुल्कलाई पूर्ण रूपमा स्वेच्छिक बनाउने घोषणा गरेका छन् ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले कतिपय प्रतिनिधिहरूलाई आर्थिक भार परेको हुनसक्ने महसुस गर्दै यस्तो निर्णय लिएका हुन् ।
उनले यसअघि नै उक्त शुल्क बुझाइसकेका प्रतिनिधिहरूले चाहेमा आफ्नो रकम फिर्ता लिन सक्ने समेत स्पष्ट पारेका छन् । महाधिवेशनका क्रममा प्रतिनिधिहरूले केही दिन दुःख पाउनुपरेको स्वीकार गर्दै उनले आर्थिक कारणले कोही पनि प्रक्रियाबाट बाहिरिनु नपर्ने वातावरण बनाएका हुन् ।
पार्टीभित्र आन्तरिक लोकतन्त्र र विवेकको राजनीतिको वकालत गर्दै लामिछानेले आसन्न नेतृत्व चयनमा कसैको दबाब वा ‘ह्वीप’ स्वीकार्य नहुने चेतावनी दिए ।
देशभरका ५२ लाख नागरिकले विवेक प्रयोग गरेर रास्वपालाई देशको शक्तिशाली दल बनाएको स्मरण गराउँदै सभापति लामिछानेले अब पार्टीको आन्तरिक चुनावमा पनि त्यस्तै उच्च लोकतान्त्रिक विवेक प्रदर्शन गर्नुपर्ने बेला आएको बताए । दल निर्माण र महाधिवेशन व्यवस्थापनका क्रममा केही प्राविधिक र व्यवस्थापकीय चुनौतीहरू आए पनि यसलाई सहज रूपमा लिन उनले आग्रह गरे ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend