Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • नयाँ-पुरानो भन्ने छैन, जसलाई मन लाग्छ भोट दिनुस्: रवि लामिछाने


    मंगलबार, असार ९ २०८३
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वा पुरानो नभनेर मन लागेको उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्।

    भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको रास्वपाको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले केन्द्रीय सदस्यका उम्मेदवारलाई मत दिँदा नयाँ वा पुरानो नभन्न आग्रह गरेका हुन्। उनले कसलाई मत दिने वा कसलाई नदिने भन्ने निर्णय नगरेको बताए।

    उनले प्रतिनिधिलाई उम्मेदवार बन्न पनि कुनै छेकबार नभएको बताए। ‘निर्वाध रुपमा उम्मेदवारी दिनुस्,’ उनले भने।

    कुन उम्मेदवारलाई मत दिन वा कुन उम्मेदवारलाई मत नदिने भनेर उर्दी जारी नगरिने बताए। उर्दी जारी गर्ने रास्वपाको संस्कार नभएको उनको भनाइ थियो।

    ‘उठेका मान्छे ति सांसद वा मन्त्री हुन्, पार्टीको स्थापनाकालदेखि लागेका हुन् या अस्ति भर्खरै जोडिएका हुन्रु कसलाई भोट दिने, त्यो तपाईको जिम्मा,’ लामिछानेले भने, ‘यसलाई भोट दिऔँ, उसलाई भोट दिऔँ भनेर उर्दी जारी गर्ने पक्षमा हामी छैनौँ।’

    रास्वपा बन्त्रसत्रबाट केही प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। रास्वपामा पहिलो सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।

    त्यसपछि दोस्रो चरणमा पदाधिकारी निर्वाचन हुनेछ। पदाधिकारीका लागि केन्द्रीय सदस्यले मतदान गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार