Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोकिन प्रकरण : मुख्य अभियुक्तलाई छुटाउन भेप कारोबारी दिपेश चालिसेको चलखेल


    शुक्रबार, असार २७ २०८२
    2.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ज्ञानेश्वरको होटलबाट कोकिनसहित आइतबार पक्राउ परेका ५ जनामध्येका दिनेश चालिसेलाई छुटाउन उनका दाजु दिपेश चालिसे सक्रिय रुपमा लागेका छन् । दिनेश चालिसे चीनबाट भेप तस्करी गर्ने दिपेश चालिसेका भाइ हुन् । उच्च प्रहरी अधिकृतसँग पहुँच भएकाले दिपेशले दिनेशलाई दुब्र्यसनी बनाएर छुटाउने चलखेल गरिरहेका छन् ।

    पक्राउ पर्नासाथ नै दिनेशलाई अस्पतालमा भर्ना गर्न लागिएको थियो । तर मिडियामा सूचना लिक भएकाले अस्पताल भर्ना गर्ने दिपेशको प्रयासलाई प्रहरीले साथ दिएन । अस्पतालमा भर्ना गर्न नसकेका दिपेश मुख्य अभियुक्त दिनेश चालिसेलाई सामान्य दुब्यर्सनी बनाएर छुटाउने चलखेलमा लागेका छन् ।

    प्रहरी वृत्त मालिगाउँले ज्ञानेश्वरस्थित भगवती इन होटलमा छापा हानी काठमाडौंको बुढानीलकन्ठ नगरपालिकाका दिनेश चालिसे लगायत नवलपरासीका सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोककी आयुषा श्रेठ, सप्तरीका प्रकाश यादब र ललितपुरका सुव्रत अधिकारीलाई पक्राउ गरेको थियो ।

    दिपेश चालिसे

    चालिसे कारोबारी र सेवनकर्ता दुवै भए पनि कोकिन खरिद गरिसकेपछिको अवस्थामा उनी पक्राउ परेका हुन् । कोकिन जस्तो लागूऔषध बिक्रीबितणको अपराधमा १५ वर्षभन्दा धेरै जेल सजाय हुने भएकाले उनी करोड खर्च गरेर भए पनि मुद्दालाई कमजोर पार्न सामान्य दुब्र्यसनी बनाएर दिनेशलाई छुटाउन प्रहरीमार्फत् चलखेल थालेका हुन् ।

    प्रहरी बृत्त मालीगाउँका डीएसपी सुनिलजंग शाहले कोकिनसहित पक्राउ परेका दिनेश चालिसेसहितका ५ जनाको १० दिन म्यादथप भएको छ । उनीहरुमाथि अनुन्धान भइरहेको छ । उनले भने–बरामद कोकिनको परीक्षण गर्न ९० दिन लाग्छ ।

    दिपेश र दिनेश चालिसेले लामो समयदेखि तातोपानी नाकाबाट भेप लगायत अवैध सामानको तस्करी गर्दैआएका छन् । कपडादेखि बिभिन्न सामानभित्र भेप राखेर उनीहरुले तस्करी गर्दैआएका छन् । जुन भेप भारत जाने गरेको छ ।

    दिपेश चालिसे र दिनेश चालिसेले कतिपय ब्यक्तिसँग लिएको रकम समेत फिर्ता नगरेकाले उनीहरु प्रहरीमा जाहेरी समेत दिने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार