Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डी सिने अवार्डमा पत्रकार पौडेल सम्मानित


    आइतबार, जेष्ठ २४ २०८३
    540
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको चलचित्र विकास बोर्डको सभाहलमा विहीवार भएको अवार्ड बितरण समारोहमा पत्रकार पौडेल सम्मानित भएका हुन् ।

    समारोहमा चलचित्र चयन समितिको निर्णायक मण्डल (जुरी) सदस्यसँगै लेखनीका माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकार नुमाकान्त पौडेललाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानपत्र प्रदान गरेका थिए । पत्रकार पौडेलसँगै कार्यक्रममा चलचित्र निर्देशक अमर ओलीलाई सम्मान गरिएको थियो ।

    अवार्ड कार्यक्रममा २०८१ सालमा प्रदर्शनमा आएका ५९ वटा नेपाली चलचित्रहरुको मूल््यांकनका आधारमा विभिन्न विधामा पुरस्कार तथा सम्मान कार्यक्रम भएको थियो ।
    कार्यक्रम आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियको स्वागत मन्तव्यबाट शुरु भई चलचित्रकर्मी रजत सम्मानबाट निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुतासिंह सम्मानित भएका थिए भने रेखा फिल्म्स छाँयाछवि चलचित्र पुरस्कारबाट सचित खड्का पुरस्कृत भएका थिए ।

    त्यसैगरी २०८१ को उत्कृष्ट चलचित्रमा ‘अञ्जीला’, निर्देशकमा मिलन चाम्स, अभिनेतामा विजय बराल, अभिनेत्रीमा स्वास्तिमा खड्का, सह अभिनेतामा जीतु नेपाल, सह अभिनेत्रीमा ऋचा घिमिरे, चरित्र अभिनयमा राजबब्लभ कोइराला, उत्कृष्ट नवनिर्देशकमा चन्द्र पन्त, लेखनमा लक्ष्मण सुवेदी, छायाँकारमा पुरुषोत्तम प्रधान, सम्पादकमा वन्दे प्रसाद, संगतिकार अर्जुन पोखरेल, गायक सविन सुवेदी, गायिका बेनीशा पौडेल, गितकार सुरेन्द्र राना, द्धन्द्ध निर्देशक अष्ट महर्जन र नृत्य निर्देशक रामजी लामिछाने, जुरी अवार्डबाट कृषा चौलागाँई, डायस्पोराबाट शंकर घिमिरे लगायत १७ औं डि सिने अवार्ड हात जित्न सफल भएका थिए ।

    अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथिका रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा प्रष्ट पारे । सोही अवसरमा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले १७ औं संस्करणसम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे । अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु उपस्थित थिए भने चलचित्रकर्मी एवं चलचित्र पत्रकारहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार