काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधवार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले खनालको भ्रमणबारे जानकारी गराएका हुन् ।
सांसद बोहोराले बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदैगर्दा खेरी हाम्रा कन्सर्नका विषयहरू केके हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’
तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने खुलाइएको छैन । परराष्ट्रमन्त्री खनालको भारत भ्रमणको मितिबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत छलफल भइरहेको जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend