Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोल्पामा पिकअप गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु


    बिहिबार, जेष्ठ २१ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

    इन्सपेक्टर श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ रहेको र दुर्घटनाग्रस्त गाडी नम्बर पनि खुल्न बाकी रहेको छ।

    उनका अनुसार पिकअप गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेको छ । गाडी दुर्घटनाको खबर प्रहरीले आज बिहान ९ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली खटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार