काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन भएको छ । नाम फेरिएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय कायम भए पनि मन्त्रालय र अन्तर्गतका निकायहरुमा कुनै परिवर्तनको अनुभूति आमनागरिकले गर्न सकेका छैनन् ।
मन्त्रालय विगतमा भन्दा पनि भद्रगोल ढंगले संचालन भइरहेको छ । जेनजी आन्दोलनको जगमा भएको आमनिर्वाचनपछि दुई तिहाई बहुमतप्राप्त रास्वपा सरकार गठन भएको २ महिनासम्म पनि अस्पतालहरुको भीड ब्यवस्थापन हुनसकेको छैन । विगतमा जस्तो थियो, उपचारका लागि आउने बिरामीले उस्तै सास्ती भोग्नुपरेको छ । विगतकै जस्तो काठमाडौंका सरकारी अस्पतालमा अप्रेशनको पालो ९ महिनादेखि १२ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । काठमाडौंबाहिरका अस्पतालमा ७ महिनामा पालो आउँछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले तल्लो तहका चिकित्सकहरुको काजफिर्ता गरेको नाटक गरेर भाइरल भइन् । तर वीर अस्पतालमा बाह्रौं तहको चिकित्सक पठाउन अहिलेसम्म सकेकी छैनन् । एकपटक डा गुणराज लोहनी (अतिरिक्त सचिव) लाई पठाउन खोज्दा वीर अस्पताaलका रैथाने डा. भूपेन्द्र बस्नेत र डा. लोचन कार्कीहरुको टिमले ट्रेड युनियन उचालेर हाजिर हुन दिएनन् । वीर अस्पतालमा अहिले पनि डा. भूपेन्द्र बस्नेत र डा. लोचन कार्कीहरु ट्रेड युनियन उचालेर समानान्तर सरकार चलाउँछन् ।
स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. केशरबहादुर ढकाल काम गर्न नसकेर बिरामीको बहानामा बिदा बसेका छन् भने डा. अनुज भट्टचनलाई निमित्त महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहताले पद सम्हालेको २ महिना बितिसक्दा पनि मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने एन्टी रेबिज भ्याक्सिन(एआरभी) सुई खरिद गर्नसकेकी छैनन् । नेपालफेसले एआरभी अभावका बारेमा उनी मन्त्री हुनासाथ समाचार प्रकाशित गरेको थियो । तर सरकार गठन भएको अढाइ महिनासम्म पनि एआरभी खरिद प्रक्रिया अगाडि बढ्न सकेको छैन । आधारभूत अस्पतालका लागि चाहिने उपकरण पनि खरिद हुनसक्ने अवस्था छैन ।
सरकारले मिर्गौला डाइलासिस गराएबापत अस्पतालहरुलाई १ अर्ब रकम भुक्तानी दिएको छैन । निःशुल्क डाइलासिस गराउने ब्यवस्था छ । तर सरकारले अस्पतालहरुलाई डाइलासीसको १ अर्ब रुपैयाँ भुक्तानी दिन नसक्नु बिडम्बनापूर्ण नै मानिएको छ ।
स्वास्थ्य बिमा बोर्डले सरकारीदेखि निजी अस्पतालहरुलाई करिब १७ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । तर स्वास्थ्य मन्त्री मेहता डाइलासिसको रकम र वीमाको दाबी भुक्तानी दिलाउने कुरामा समेत असफल भएकी छन् । स्वास्थ्य बिमा बोर्डले वीमा दाबी भुक्तानी गर्नै नसक्ने भन्दै पछिल्ला दिनमा बन्द गरेको छ ।
हालै पुल दरबन्दी राख्नेगरी केही दरबन्दी थपिए पनि हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ ब्यवस्था अनुसार नयाँ दरबन्दी संरचना मिलाउन आवश्यक छ ।
स्वास्थ्य सेवा बिभागमा मात्र बाह्रौं तहको दरबन्दी छ । अरु तीन बिभागमा एघारौं तहको दरबन्दी छ । अब चार वटा बिभागमा बाह्रौं तहको दरबन्दी रहने गरी संरचना बनाउनुपर्छ । धेरै प्रशासनिक कार्यहरु गर्नुपर्ने छ तर वर्तमान राजनीतिक तथा प्रशासनिक नेतृत्वको कार्यक्षमता अत्यन्त कमजोर छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend