Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए कांग्रेस संसदीय दलको बैठक


    बुधबार, जेष्ठ २० २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

    दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएका हुन् ।

    शाहले बुधबार (आज) दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

    शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।

    प्रदेश सभामा १८ जना सांसद रहेकोमा महराले हस्ताक्षर फिर्ता लिएसंगै उनको पक्षमा ९ र विपक्षमा ८ जना छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार