Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • वीरगन्जका मेयर सिंहसँग अदालतले माग्यो दुई मुद्दामा ४ लाख १५ हजार धरौटी


    मंगलबार, जेष्ठ १९ २०८३
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार धरौटी माग गरेको छ।

    जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार थुनछेकको बहस सुनिसकेपछि आदेश गर्दै लिखित कीर्तेसम्बन्धी कसुरको मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

    आज पक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिएको थियो। ‘थुनछेकको बहस हुँदा दुई वटा मुद्दामा कूल ४ लाख १५ हजार धरौटी माग भएको हो’, जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले नेपालखबरसँग भने।

    हाल प्रहरी हिरासतमा रहेका उनी धरौटी रकम बुझाएपछि थुनामुक्त हुनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार