Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा काँकडभिट्टामा ५७० ग्राम सुन र बिदेशी मुद्रा बरामद, भारतीय नागरिक नियन्त्रणमा


    सोमबार, जेष्ठ ४ २०८३
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन तथा बिदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
    भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ बर्षीय परम पाठकलाई उल्लेखित सुन तथा मुद्रासहित नियन्त्रणमा लिइएको हो ।
    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्राण्डको मोवाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिमकार्ड ७ वटा समेत बरामद भएकोे सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बिष्णुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    नियन्त्रणमा लिइएका उनलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको छ । उनी कुन प्रयोजनका लागि नेपाल प्रबेश गरेका हुन् भन्ने खुलेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार