भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख ३० हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु एक अर्ब ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु ८४ करोड ४२ लाख मूल्य बराबरको नौ हजार चार किलोलिटर डिजेल आयात भएको छ ।
यसैगरी रु ४० करोड ४९ लाख मूल्यबराबरको चार हजार २३३ मेट्रिक टन एलपी ग्यास, रु १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र रु दुई करोड २२ लाख मूल्यबराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ । (रासस)
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend