Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्मार्टसेल बिक्री प्रकरण : पूर्वमन्त्री जगदीश खरेललाई तीन प्रश्न


    सोमबार, बैशाख २८ २०८३
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पत्रकार ईश्वर अर्यालले स्मार्टसेल टेलिकम बिक्रीबारे पूर्व संचार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेललाई तीन प्रश्न गरेका छन् ।

    सामाजिक संजालमा अर्यालले खरेललाई सोधेका छन्–पहिलो, आफू सञ्चार मन्त्री भएको बेलामा ५ अर्ब मूल्यको सरकारी सम्पत्ति गैरकानूनी रूपमा बेचिन्छ, त्यसअघि बकाइदा लिलामीको सूचना निकालिन्छ भने, त्यो सञ्चारमन्त्रीलाई थाहा हुनुपर्छ कि पर्दैन ?

    ५ हजार होइन, ५० हजार होइन, ५ लाख नि होइन, ५ करोड पनि होइन, ५ अर्बको सरकारी सम्पत्तिको सुरक्षा गर्ने जिम्मा तिम्रो होइन ? कि, खरबौंको सम्पत्ति जलाएपछि मन्त्री बनेर आएको मान्छे, नाथे अर्बतिर आँखा लगाएर के फाइदा भन्दै डबल ब्ल्याक पिएर सुतिदियौ ?

    अनि, एउटा मिटिङ पनि कतै कसैसँग बसेको छैन रे । आजकल घुस मिटिङ बसेर निर्णय गरेर माइन्यूटमा लेखेर लिइन्छ र भन्या ?

    दोस्रो, जगदीशमाथि पत्रिकाले लगाएको आरोप खण्डन गर्नलाई संसद बनाएको होइन । संसद जगदीशको अपुताली होला, तर बिर्ताचाहिँ होइन । आफ्नो खण्डन प्रेस काउन्सिलमार्फत् राख्नुपर्छ भन्ने सामान्य ज्ञान नभएको मान्छे कसरी मन्त्री भएर निस्क्यो ?

    तेस्रो, पत्रिकाको वर्गीकरण गर्न प्रेस काउन्सिल छ । नियमनका लागि सूचना विभाग पनि छ । यसै कसैलाई ‘डी क्लास’को भन्दिने ? त्यो पनि संसदबाट ? यही हो आजसम्म पत्रकारिता गरेर सिकेको ? हिजोको Hot seat, कसरी यति छिट्टै Hot shit भयो ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार