काठमाडौं । पत्रकार ईश्वर अर्यालले स्मार्टसेल टेलिकम बिक्रीबारे पूर्व संचार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेललाई तीन प्रश्न गरेका छन् ।
सामाजिक संजालमा अर्यालले खरेललाई सोधेका छन्–पहिलो, आफू सञ्चार मन्त्री भएको बेलामा ५ अर्ब मूल्यको सरकारी सम्पत्ति गैरकानूनी रूपमा बेचिन्छ, त्यसअघि बकाइदा लिलामीको सूचना निकालिन्छ भने, त्यो सञ्चारमन्त्रीलाई थाहा हुनुपर्छ कि पर्दैन ?
५ हजार होइन, ५० हजार होइन, ५ लाख नि होइन, ५ करोड पनि होइन, ५ अर्बको सरकारी सम्पत्तिको सुरक्षा गर्ने जिम्मा तिम्रो होइन ? कि, खरबौंको सम्पत्ति जलाएपछि मन्त्री बनेर आएको मान्छे, नाथे अर्बतिर आँखा लगाएर के फाइदा भन्दै डबल ब्ल्याक पिएर सुतिदियौ ?
अनि, एउटा मिटिङ पनि कतै कसैसँग बसेको छैन रे । आजकल घुस मिटिङ बसेर निर्णय गरेर माइन्यूटमा लेखेर लिइन्छ र भन्या ?
दोस्रो, जगदीशमाथि पत्रिकाले लगाएको आरोप खण्डन गर्नलाई संसद बनाएको होइन । संसद जगदीशको अपुताली होला, तर बिर्ताचाहिँ होइन । आफ्नो खण्डन प्रेस काउन्सिलमार्फत् राख्नुपर्छ भन्ने सामान्य ज्ञान नभएको मान्छे कसरी मन्त्री भएर निस्क्यो ?
तेस्रो, पत्रिकाको वर्गीकरण गर्न प्रेस काउन्सिल छ । नियमनका लागि सूचना विभाग पनि छ । यसै कसैलाई ‘डी क्लास’को भन्दिने ? त्यो पनि संसदबाट ? यही हो आजसम्म पत्रकारिता गरेर सिकेको ? हिजोको Hot seat, कसरी यति छिट्टै Hot shit भयो ?
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend