काठमाडौं । सरकारले निजामती सेवा ऐन संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सो निजामती सेवा विधेयकमा दलैपिच्छे कर्मचारी संघ, संगठन खोल्न पाउने व्यवस्था हटाइएको छ ।
अबदेखि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन रहने ब्यवस्था बिधेयकमा गर्न लागिएको छ ।
२०४८ सालसम्म पनि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन थियो । तर २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको बहुमतको सरकार गठनपछि कर्मचारी आन्दोलन भयो । जुन आन्दोलन आधिकारिक ट्रेड युनियनकै आह्वानमा भएको थियो ।
आधिकारिक ट्रेड युनियनमा एमालेनिकट कर्मचारीहरुको बर्चस्व रहेको भन्दै तत्कालीन प्रधानमन्त्री कोइरालाले कांग्रेसनिकट अर्को संगठन खोलेपछि दलनिकट ट्रेड युनियन खोल्ने होडबाजी सुरु भएको थियो । त्यसपछि हरेक दलहरुले ट्रेड युनियन खोल्ने क्रम बढ्दै गयो । सवारीचालक, अधिकृतदेखि करारका कर्मचारीहरुका पनि अलग अलग संगठन खोलिएका छन् ।
भाडा नतिर्ने संघ संस्था र ब्यवसायीहरुको सूची

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend