काठमाडौं । सरकारले निजामती सेवा ऐन संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सो निजामती सेवा विधेयकमा दलैपिच्छे कर्मचारी संघ, संगठन खोल्न पाउने व्यवस्था हटाइएको छ ।
अबदेखि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन रहने ब्यवस्था बिधेयकमा गर्न लागिएको छ ।
२०४८ सालसम्म पनि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन थियो । तर २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको बहुमतको सरकार गठनपछि कर्मचारी आन्दोलन भयो । जुन आन्दोलन आधिकारिक ट्रेड युनियनकै आह्वानमा भएको थियो ।
आधिकारिक ट्रेड युनियनमा एमालेनिकट कर्मचारीहरुको बर्चस्व रहेको भन्दै तत्कालीन प्रधानमन्त्री कोइरालाले कांग्रेसनिकट अर्को संगठन खोलेपछि दलनिकट ट्रेड युनियन खोल्ने होडबाजी सुरु भएको थियो । त्यसपछि हरेक दलहरुले ट्रेड युनियन खोल्ने क्रम बढ्दै गयो । सवारीचालक, अधिकृतदेखि करारका कर्मचारीहरुका पनि अलग अलग संगठन खोलिएका छन् ।
भाडा नतिर्ने संघ संस्था र ब्यवसायीहरुको सूची

काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend