काठमाडौ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) द्वारा आयोजित राष्ट्रिय शिक्षा संवाद–२०८२ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रूपमा सम्पन्न भएको छ । पान केन्द्रीय समितिका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विविध पक्षमा गहन बहस, विचार–विमर्श तथा नीतिगत सुझावहरू प्रस्तुत गरिएका छन् ।
कार्यक्रमको सञ्चालन पानका उपमहासचिव मिन आच्छामीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूलाई पानका उपाध्यक्ष टिकाराम पाण्डे तथा कोषाध्यक्ष रिता तिवारीले रुद्राक्षको माला लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरू, शिक्षा मन्त्रालयका उच्च पदाधिकारीहरू, पूर्व शिक्षा सचिवहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षा विज्ञहरू, शिक्षक महासंघका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
करिब १ सय २० जना सहभागी रहेको उक्त कार्यक्रममा शिक्षा नीति, यसको कार्यान्वयन, संघीय संरचनामा शिक्षा व्यवस्थापन, शिक्षक तथा प्रिन्सिपलहरूको भूमिका, तथा व्यवहारिक र रोजगारमुखी शिक्षाका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष सुदामप्रसाद गौतमले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक, प्रविधिमैत्री र परिणाममुखी बनाउने आवश्यकता औंल्याउँदै नीति निर्माणभन्दा कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्नुभयो। ‘नीति धेरै छन् तर कार्यान्वयन प्रभावकारी छैन । अब हामी सबै सरोकारवालाबीच सहकार्य गर्दै शिक्षा प्रणालीलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ’ उहाँले भन्नुभयो । उहाँले शिक्षक र प्रिन्सिपलहरूको भूमिकालाई केन्द्रमा राख्दै शिक्षा सुधार सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धर्म के.सी.ले शिक्षा प्रणालीलाई जीवनोपयोगी र सीपमुखी बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘हामीले दिने शिक्षा विद्यार्थीको दैनिक जीवनसँग जोडिनुपर्छ । प्रमाणपत्रमात्र होइन, सीप र क्षमता विकास गर्ने शिक्षा आजको आवश्यकता हो ।’ नेकपा एमालेका सांसद ऐन महरले संघीय संरचनामा शिक्षा व्यवस्थापन स्पष्ट नभएको भन्दै, ‘संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा कार्यान्वयनमा समस्या आएको छ’ उहाँले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सामुदायिक विद्यालयको सुदृढीकरणमा जोड दिँदै ‘गुणस्तरीय सार्वजनिक शिक्षाबिना सामाजिक समानता सम्भव छैन’ उहाँले भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलीले शिक्षा प्रणालीलाई राष्ट्रिय आवश्यकता र पहिचानसँग जोड्नुपर्ने बताउँदै, ‘हाम्रो शिक्षा प्रणालीले राष्ट्रिय मूल्य र सीपलाई समेट्न सकेको छैन’ उहाँले उल्लेख गर्नुभयो । श्रम संस्कृति पार्टीका आरेन राईले श्रम–आधारित शिक्षामा जोड दिँदै, ‘शिक्षाले श्रमप्रति सम्मान सिकाउनुपर्छ, तब मात्र रोजगारीको समस्या समाधान हुन्छ’ उहाले बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकारले शिक्षा सुधारका लागि नीतिगत पहल गरिरहेको जानकारी दिँदै भन्नुभयो, ‘नीति निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय गम्भीर छ र स्थानीय तहसँग समन्वय गर्दै परिणाममुखी शिक्षा प्रणाली निर्माण गर्ने प्रयास भइरहेको छ ।’
शिक्षा विज्ञ विद्यानाथ कोइरालाले नेपालको शिक्षा प्रणाली अझै सैद्धान्तिक रहेको उल्लेख गर्दै व्यवहारिक तथा रोजगारमुखी शिक्षाको आवश्यकता औंल्याउनुभयो । ‘शिक्षा प्रणालीलाई स्थानीय आवश्यकतासँग जोडेर सीपमूलक बनाउनु अत्यावश्यक छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी हरि लम्सालले शिक्षा नीति तर्जुमा र कार्यान्वयनबीचको अन्तरलाई प्रमुख चुनौतीका रूपमा औंल्याउँदै, ५नीति निर्माणमा अनुसन्धानमा आधारित दृष्टिकोण आवश्यक छ, तर कार्यान्वयनमा समन्वय र दीर्घकालीन सोचको अभाव देखिन्छ’ उहाँले बताउनुभयो ।
पूर्व शिक्षा सचिव महाश्रम शर्माले नीति निरन्तरताको अभावले शिक्षा प्रणालीमा अस्थिरता आएको धारणा राख्दै, ‘बारम्बार नीति परिवर्तनले दीर्घकालीन सुधारलाई असर गरेको छ’ उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाका शिक्षा निर्देशक देवीप्रसाद उपाध्यायले स्थानीय तहको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिँदै ‘अधिकारसँगै स्रोत र क्षमता अभिवृद्धि भएमात्र स्थानीय तह प्रभावकारी बन्न सक्छ’ भन्नुभयो ।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले शिक्षक व्यवस्थापन, पेशागत विकास, प्रविधिमैत्री शिक्षा, निजी तथा सार्वजनिक शिक्षाबीच सन्तुलन, तथा रोजगारमुखी पाठ्यक्रम विकासमा जोड दिएका थिए। एक सहभागीले भन्नुभयो, ‘शिक्षक सशक्तीकरण बिना शिक्षा सुधार सम्भव छैन ।’
कार्यक्रमको डिजिटल पार्टनरका रूपमा Teacher’s Co-Pilot को महत्वपूर्ण योगदान रहेको थियो । Teacher’s Co-Pilot एक डिजिटल एआई ड्राइभर प्लेटफर्मका रूपमा शिक्षकहरूलाई सशक्त बनाउने, कक्षा कोठालाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने दिशामा सक्रिय रूपमा कार्यरत रहेको छ । यसले पाठ योजना निर्माण, शिक्षण सामग्री विकास, विद्यार्थी मूल्याङ्कन तथा डिजिटल शिक्षण अभ्यासलाई सरल बनाउँदै नेपालको शिक्षा क्षेत्रमा नवप्रवर्तन ल्याउने प्रयास गरिरहेको सहभागीहरूले उल्लेख गरेका छन् ।
पानले यस राष्ट्रिय संवादबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई समेटेर सम्बन्धित निकायहरूमा औपचारिक रूपमा पेश गर्ने जनाएको छ । साथै, आगामी सरकार तथा प्रतिनिधि सभामा प्रस्तुत हुने शिक्षा सम्बन्धी नीति तथा कार्यक्रमहरूमा यी निष्कर्षहरूले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको समापन पानका बरिष्ठ उपाध्यक्ष हेरम्ब कँडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । पानले उक्त संवादलाई नेपालको शिक्षा क्षेत्रको नीतिगत सुधार, सहकार्य र समन्वयका लागि महत्वपूर्ण मञ्चका रूपमा लिएको जनाएको छ । साथै, कार्यक्रममा प्राप्त सुझाव र निष्कर्षहरूले नेपालको शिक्षा प्रणालीलाई अझ गुणस्तरीय, समावेशी र भविष्यउन्मुख बनाउने विश्वास व्यक्त गरिएको छ ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend