काठमाडौं । गोकर्णदेखि बल्खुसम्मको बागमती नदी करिडोरलाई बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ ।
बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सीसीटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्न लागेको हो ।
अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ६ स्थानमा ४८ थान हाइमास्ट फ्लडलाइट जडान गरिने आयोजनाका उपनिर्देशक उद्धव नेपालले जानकारी दिए ।
साथै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन–रात दुवै समयमा काम गर्ने १२० थान अत्याधुनिक प्रविधिका क्यामेरा जडान गर्ने तयारी भएको छ ।
बत्ती र सीसीटिभी जडान गर्ने निर्माण व्यवसायी छनोट गर्न समितिले सोमबार टेण्डर आह्वान गरिसकेको छ । त्यसको सर्भर र मनिटरिङ्ग युनिट जिल्ला प्रहरी परिसर काठमाडौंमा रहने छ ।
सीसीटिभी तथा बत्ती जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य छ ।
सीसीटिभी तथा बत्ती जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने विश्वास छ । बागमती करिडोरअन्तर्गत थापाथली–टेकु दोभान क्षेत्रमा भने सीसीटिभी जडानको काम भइसकेको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। आज बिहान साढे ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा भएको दुर्घटनामा परेर...
काठमाडौँ। मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको...
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend