Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपतिले बोलाए शीतल निवास


    सोमबार, मंसिर ८ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास बोलाएका छन्। काँग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई पौडेलले छलफल गर्न लागेका हुन्।

    समसामयिक विषयमा विभिन्न नेताहरूसँग छलफल गरिरहेको पौडेलले आज काँग्रेसका विशेष महाधिवेशन पक्षधरलाई बोलाएको स्रोतले बतायो।

    लुम्बिनी प्रदेश सभापतिसहित हस्ताक्षर अभियान चलाएका एक दर्जन नेताहरूलाई शीतल निवास बोलाउनुभएको छ’ स्रोतले भन्यो, ‘हस्ताक्षर अभियानको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेसँग भने उहाँले बेग्लै कुरा गरिसक्नुभएको छ।’

    काँग्रेसमा चुनावअघि कि पछि महाधिवेशन गर्ने भन्ने विवाद चलिरहेको छ। थप छलफलको लागि ११ गतेको लागि केन्द्रीय समिति बैठक राखिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार