Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न सुझाव


    सोमबार, मंसिर ८ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

    खर्च सार्बजनिक गर्न विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको छ । यसो हुँदा खर्च पादरर्शी र व्यवस्थित हुने सो पार्टीको विश्वास छ ।

    प्रस्तावित निर्वाचन आचारसंहिताउपर सुझाव पठाउँदै यो पार्टीले भनेको छ, ‘चुनाव खर्च व्यवस्थापन प्रभावकारी बनाउन खर्च सीमा उल्लंघन रोक्न डिजिटल ट्रान्जेक्सन अनिवार्य बनाउनुपर्छ ।’

    अध्यक्ष सुशीलचन्द्र अधिकारीले पेश गरेको सुझावमा अगाडि भनिएको छ, ‘प्रत्येक उम्मेदवारले दैनिक खर्च विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमा अपलोड गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।’

    सहयोग गर्नेहरुको सन्दर्भमा समेत पारदर्शिता अपनाउन भनिएको छ । ‘दातृको विवरण पारदर्शी गराउन अफिसियल फाइनान्स ट्रान्सपरेन्सी पोर्टलसञ्चालन गर्नुपर्छ’ निर्वाचन आयोगलाई दिएको सुझावमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार