मकानपुर । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयले गएको कार्तिक १२ गते गरेको डिभिजनल वन अधिकृतहरुको सरुवा विवादमा परेको छ ।
लामो खिचातानीका बाबजुद मुख्यमन्त्री कार्यालय वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालको सिफारिसमा मुख्यमन्त्री कार्यालयले सो सरुवा गरेको हो । भर्खरै भएको जेन जी आन्दोलनको भावना र चाहनाविपरीत भएको छ ।
वन अधिकृतहरुको सरुवा व्यापक भनसुन र आर्थिक लेनदेनका आधारमा गरिएको आरोप छ । सरुवा के मापदण्डका आधारमा भएको हो भनी वुझ्दा वन सचिव डा. बरालले भने–यसमा वन मन्त्रालयको कुनै हात छैन । मुख्यमन्त्री कार्यालयको अधिकार क्षेत्र भएकाले हामीलाइ केही थाहा छैन ।
चलखेलका आधारमा दोलखाबाट कृष्णराज न्यौपानेलगातार ५ औ पटक डिभिजनल वन अधिकृतका रुपमा पुनः सिन्धुली मरिणमा सरुवा हुन सफल हुन भएका छन् । न्यौपाने यसअघि रामेछाप, ललितपुर, सिन्धुली, दोलखा हुँदै हाल पुनः सिन्धुलीको मरीण डिभिजनमा सरुवा भएका छन् ।
यता ह्याट्रिक गर्न सफल हुनेमा धादिङका विष्णुप्रसाद आचार्य परेका छन् । उनी राप्ती, धादिङ हुँदै हाल चितवन सरुवा भएका छन् । २ वर्षको कानुनी मापदण्डको हवाला दिंदै रोशना पोखरेल दोश्रो पटक नुवाकोटबाट धादिङ सरुवा भएका छन् ।
कतिसम्म भने विगतमा आठौं तहमा रहँदा समेत आर्थिक चलखेलमा रसुवामा डिभिजनल वन अधिकृतका रुपमा २ वर्ष कार्य गरेका वन अधिकृत अनिल रेग्मी हाल दोलखा जिल्लामा सरुवा भएका छन् । उनीसँगै वढुवा भएका सिनियर अधिकृत रामशरण गौतमको भने सरुवा नियतवत गरिएको छैन ।
सरुवा हुने अन्यमा अजयविक्रम मानन्धर वन मन्त्रलय, थीर वहादुर कार्की वन निर्देशनालय, विश्व कोइराला गोदावरी वन तालिम केन्द्र, श्रद्धा सिग्देल भक्तपुर डिभिजन वन कार्यालय तथा प्रदीपनाथ शर्मा डिभिजन वन कार्यालय नुवाकोट रहेको छ । उता लामो समयदेखि वन निर्देशनालयमा कार्यरत सिनियर वन अधिकृत प्रह्लादप्रसाद धिताल, ओमसागर भण्डारी, लोकनाथ लम्सालको सरुवा गरिएको
छैंन ।
वन प्रशासनलाई चुस्तदुरुस्त राख्ने र कार्यक्षमतालाई वढाउने गरी निश्चित मापदण्ड बनाई सरुवा गरिने प्रतिवद्धता राख्दै मन्त्री पदभार ग्रहण गर्दै वनमन्त्री केसीले यही भदौको पहिलो हप्तामा वन तथा वातावरण मन्त्रालयको सभाहलबाट सम्वोधन गरेको २ महिना नबित्दै उनै मन्त्रीबाट विवादास्पक सरुवा भएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend