काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेन जेड आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।
आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेन जेड आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।
‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरि कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’
त्यस्तै उनले आजको घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक,प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने दिन भएको बताए ।
उनले भने, ‘आजको यो घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र होइन । यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र यो राष्ट्रको चिन्ता गर्नेहरू र राष्ट्र बचाउनुपर्छ भन्नेहरू एक ठाउँमा आउने दिन हो ।’
त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे ।
आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend