Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशीलमा सामेल भयौँ: जनार्दन शर्मा


    आइतबार, मंसिर ७ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन्।

    आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्ष्य गर्दै त्यस्तो टिप्पणी गरेका हुन्।

    शर्माले सामन्तवादको सियासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए।

    शर्माको प्रगतिशील राष्ट्रिय अभियान, डा। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो।

    उनीहरूबीच गत कात्तिक २८ गते नै एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

    त्यसपछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा भने उनीहरूले यसअघि नै तोकिएको मितिभित्र दर्ता गराइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार