Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • डा.भट्टराईलाई अभिभावकीय भूमिकामा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा 


    आइतबार, मंसिर ७ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

    आइतवार काठमाडौँमा एक कार्यक्रमबीच डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्त), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

    कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा। भट्टराईले औपचारिक रूपमा घोषणा गरे । उनी अभिभावकीय भूमिकामा रहने बताइएको छ ।

    पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

    प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार