Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदन गुरुङ गुण्डागर्दी शैलीमा मेरो घरमा प्रवेश गरे, फेरि जलाउने धम्की दिए : किसान श्रेष्ठ


    शनिबार, मंसिर ६ २०८२
    520
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बारा ४ का निवर्तमान सांसद तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले को बारामा रहेको घरमा गएर जेनजीका अगुवा सुधन गुरुङको टोली गएर धम्की दिएकोमा आपत्ति जनाएका छन् ।
    घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् ।

    श्रेष्ठले लेखेका छन्–यही मंसिर ३ र ४ गते सिमरामा घटेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु र घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु र घाइतेहरुको उपचारको उचित व्यवस्था गर्नका लागि सरकारसँग माग गर्दछु ।

    म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपी आज ६ गते मेरो जितपुर सिमरा–४ औराहामा रहेको मेरो घरमा करिव विहान ११ बजे जेनजी को कथित नेता हुँ भन्दै लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएको घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु । यसरी जेनजीका नाममा भैरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूीत गराइदिन नेपाल सरकार र स्थानीय सरकारलाई अनुरोधसमेत गर्दछु ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार