काठमाडौं । तीन बर्षअघि एमाले बिभाजन गरी नेकपा(एकीकृत समाजवादी) गठन गर्न उक्साउनेमध्येका प्रेम आले र कृष्णकुमार श्रेष्ठ(किसान) अध्यादेश ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिनहुँ अनुनय बिनय गर्दैआएका छन् ।
आले त प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैतिर अध्यादेश ल्याएर पार्टी विभाजन गराउने बाटो खुलाइदिन हारगुहार गरिरहेका छन् । सभापति देउवासँग पार्टी विभाजन भएपछि कांग्रेसमा प्रवेश गर्ने भन्दैआएका छन् । उनले पार्टी विभाजनपछि नयाँ पार्टी नै कांग्रेसमा बिलय गराउन तयार रहेकाले अध्यादेश ल्याउन बाटो खुला गरिदिनका लागि अनुरोध गर्दैआएको सभापति देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।
देउवासँग कांग्रेसमा जाने भन्दैआएका आलेले ओलीसँग एमालेमै पार्टी बिलय गराउन तयार रहेकाले छिटो अध्यादेश ल्याइदिनका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ । आले र किसान श्रेष्ठ मन्त्री हुनकै लागि नेकपा एसतिर लागेका थिए । उनीहरु तत्कालीन देउवा सरकारमा पर्यटन र श्रममन्त्री भए । तर ८ महिनापछि मन्त्रीबाट हटेपछि उनीहरु पार्टीसँग टाढिंदै गए । मन्त्री हुने र कमाउने उद्देश्यले मात्र उनीहरु पार्टी विभाजनतिर लागेको समयक्रमले पुष्टि गरेको छ । नेकपा समाजवादीले उनीहरु दुई जनालाई मात्र मन्त्री बनाउनुपर्ने जस्तै ब्यवहार गरेका किसान श्रेष्ठ त अध्यादेश आएपछि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री नै हुने भन्न थालिसकेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी बिभाजन भएपछि उद्योग मन्त्री दामोदर भण्डारी र भूमिब्यवस्था मन्त्री बलराम अधिकारीलाई हटाएर आफू र अमरबहादुर थापालाई मन्त्री बनाउने आश्वासन दिएको भन्दै हिंड्न थालिसकेका छन् । ८ महिनामै मन्त्रीबाट हट्नुपरेपछि रुवाबासी गरेकी रामकुमारी झाँक्री पनि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग रुष्ट थिइन् ।
अपार्टमेन्ट र हाउजिङले छाड्नुपर्ने खाली जग्गाको मापदण्ड घटाउनदेखि भवन बिभागअन्तर्गतका ठेक्कापट्टामा कुस्त आम्दानीतिर लागेकी उनी मन्त्रीबाट हटेपछि पार्टीसँग रुष्ट थिइन् । अमरबहादुर थापा ८ महिनापछि मन्त्री हुन नपाएकोमा रुष्ट थिए । शिक्षा समितिको सभापति पार्टीले नै बनाए पनि उनी पनि प्रेम आले, किसान श्रेष्ठकै बिभाजन पथमा लागेका छन् । त्यसो त आले र किसान जस्तै ब्यापारी धनबहादुर बुढा पनि बिभाजनतिरै लागेका छन् ।
प्रेम आले राजस्वको छानबिनमा
आलेले पर्यटन मन्त्री हुँदा आर्थिक चलखेलमा अन्धाधुन्द क्यासिनोको लाइसेन्स बितरण गरेको आरोप छ । आले पर्यटना मन्त्री हुँदा मापदण्ड नै नपुगेका ६ वटा क्यासिनोलाई अनुमति दिएका थिए । आलेले क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । तर यी प्रावधान कुनै पनि पूरा नगरी सेटिङमा आलेले लाइसेन्स दिएका थिए ।
कोरोना महामारीको बेला आइसोलेसनबाटै उनले मापदण्ड नै नपुगेको ठमेलको छायाँ सेन्टरमा रहेको होटेल अलफ्टमा पनि ‘वाल्डो इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालन गर्न अनुमति दिएका थिए । चाइनीजलाई उक्त क्यासिनोको अनुमति दिइएको थियो । जुन क्यासिनो सुन तस्करीमा मुछिएको प्रतिवेदन डिल्ली आचार्यको सुन छानबिन समितिले दिएको छ ।
आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका थिए । नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्ट, होटल सिटी प्यालेसस्थित सेटियर इन्टरटेनमेन्ट, होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पाएका थिए । भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो । जसमा बीरगंजको आदर्शनगरमा रहेको किङ्स क्यासिनो पनि हो । बीरगंजमा रहेको किङ्स क्यासिनोले बिभागको दिएको इजाजतको खिल्ली उडाउँदै फलास म्यारिज जस्ता गेमहरुपनि खेलाउँदै आएको छ । नेपाली नागरिकलाई पनि निर्वाध प्रवेश गराउने गरेको उक्त क्यासिनोमा कुमोद ढुंगेल एसपी भएपछि छापा समेत मारिएको थियो । जसमा नेपाली पक्राउ परेका थिए ।
त्यसो त उनले अनुमति दिएका क्यासिनोहरुमा उनले आफन्तको नाममा गोल्डेन सेयर समेत लिएको स्रोत बताउँछ । उनको पालामा लाइसेन्स जारी भएको बीरगंजको किङ्स क्यासिनोका बिरुद्ध राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । जुन क्यासिनोका एक सामान्य कर्मचारीको बैंकखाताबाट प्रेम आलेको नाममा समेत ठूलै रकम कारोबार भएको देखिएको बिभाग स्रोतले बताएको छ । राष्ट्रबैंकले राजस्व अनुसन्धान बिभागलाई उक्त खाताको अनुसन्धान गर्न पत्र पठाएपछि किङस क्यासिनोका संचालक माधव गिरीहरु मिलाउने दौडधूपमा छन् । तर राष्ट्रबैंकले सम्पत्ति शुद्धीकरण भएको आशंकामा छानबिन गर्न पत्र पठाएकाले गिरीहरुको मिलाउने प्रयास सफल हुन नसकेको बिभाग स्रोत बताउँछ ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend